Techie IT
२०८३ जेष्ठ १०, आइतबार

ओली र भण्डारीबीच दुई घण्टा गोप्य वार्ता, के भयो कुराकानी ?

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, यो गोप्य भेटवार्ता राष्ट्रिय राजनीतिक विषयमा केन्द्रित थियो


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा करिब दुई घण्टा लामो एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, यो गोप्य भेटवार्ता राष्ट्रिय राजनीतिक विषयमा केन्द्रित थियो । पछिल्लो समय भण्डारी र ओलीबीचको यो भेटलाई विशेष रूपमा हेरिएको छ, यद्यपि छलफलका अन्य विषयहरू सार्वजनिक गरिएको छैन।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले आफूले एमालेमा पहिल्यै सदस्यता नवीकरण गरिसकेको जानकारी दिइन्। उनले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु, बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ।’ भण्डारीले ओलीसँगको भेटमा राष्ट्रिय राजनीति मात्र छलफल भएको उनले स्पष्ट पारिन्।

भेटपछि उनीहरू दुवै च्यासल पार्टी कार्यालयबाट बाहिरिसकेका छन्। यद्यपि, दुई घण्टा लामो यो एकान्त छलफलले नेपाली राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट