बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क
एनसेलले बुधबार बिहानको भीषण बाढीबाट प्रभावित क्षेत्रहरूमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यससँगै, प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहने गरी १०० वटा एसएमएस पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
बाढीका कारण सञ्चारसम्पर्क टुटेका क्षेत्रमा यस निर्णयले स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई एकआपसमा सहजरूपमा जोडिन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। विपद्को यस कठिन घड़ीमा सञ्चार सेवाको निरन्तरता अत्यावश्यक हुने भएकाले प्रभावितहरूले आफ्ना परिवारका सदस्य तथा उद्धार टोलीसँग सहजै सम्पर्क गर्न सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस