Techie IT
२०८३ असार १९, शुक्रबार

पाथीभरा दर्शनबाट फर्कँदा अढाइ वर्षीय बालकको मृत्यु


ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि आएका अढाइ वर्षीय एक बालकको सोमबार निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको हो।

प्रहरीका अनुसार परिवारसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेका थिए। उनलाई तत्काल जिल्ला अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट