Techie IT
२०८३ असार १६, मंगलबार

अश्लील भिडियो बनाएर धम्की दिने स्याङ्जाका ३२ वर्षीय युवक पक्राउ


स्याङ्जामा एक महिलाको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत आफन्तहरूलाई पठाएर धम्की दिएको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरी पक्राउ परेका छन्।

पुतलीबजार नगरपालिका–८ निवासी ठकुरीले नक्कली फेसबुक खाता प्रयोग गरी पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले अश्लील सामग्री इन्टरनेटमा फैलाएको प्रहरीले जनाएको छ। उनले ती महिलाका आफन्तहरूलाई भिडियो पठाउनुका साथै गालीगलौज र धम्कीसमेत दिने गरेको उजुरी परेको थियो।

जिल्ला प्रहरी कार्यालयले २०८२ चैत १७ गते प्राप्त उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो। त्यसपछि प्रहरीले खोजी तीव्र बनाउँदै चैत १९ गते पुतलीबजार–१ स्थित सहिदचोकबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ठकुरीमाथि विद्युतीय अपराध (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट