विवाहमा झगडा हुँदा १८ वर्षीय युवकको मृत्यु
कञ्चनपुरमा विवाह समारोहका क्रममा भएको विवादले ज्यान लिने घटना भएको छ।
पुनर्वास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरको धारिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गाउँकै एक विवाह कार्यक्रममा विवाद चर्किँदा सोमबार राति करिब साढे १ बजेतिर सायरमाथि चक्कु प्रहार गरिएको हो।
गम्भीर घाइते भएका सायरलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले जानकारी दिएका छन् । प्रहरीका अनुसार सायरको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस