Techie IT
२०८३ भाद्र १९, शुक्रबार

५५ वर्षीय पुरुष ३०० मिटर तल भिरबाट खस्दा घटनास्थलमै मृत्यु


सांकेतिक

कुलदेवताको पूजा गर्न अछाम जाँदै गरेका एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी ५५ वर्षीय लोकबहादुर सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहोराका अनुसार, आइतबार लोकबहादुर आफ्नी श्रीमती, छोरा र बुहारीसँगै अछामको तुर्माखाँद गाउँपालिका–४ जुएस्थित कुलदेवताको पूजा गर्न पैदल गइरहेका थिए।

दिउँसो करिब ३:१५ बजे पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरमा हिँड्ने क्रममा उनी चिप्लिएर करिब ३०० मिटर तल खसेका थिए। प्रहरीका अनुसार उनी भिरमुनि रहेको सल्लाको मुडामा अड्किएको अवस्थामा फेला परेका थिए।

घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट