Techie IT
२०८३ भाद्र २६, शुक्रबार

सुनसरीमा कर्फ्यु हटेपनि सुरक्षा व्यवस्था कडा


सुनसरी जिल्लाको तनावग्रस्त क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु प्रशासनले हटाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै २०८३ साउन ११ गते राति ९:०० बजेदेखि लागू गरिएको कर्फ्यु हटाइएको जानकारी दिएको हो।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार राति भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि स्थिति नियन्त्रणमा लिन केन्द्रिय सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न नपाउने गरी इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटरसम्म कर्फ्यु लगाइएको थियो। स्थिति सामान्य बन्दै गएपछि आज बिहान १२:१५ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट