Techie IT
२०८३ भाद्र १३, शनिबार

आज नेपाल प्रहरीद्वारा बेवारिसे ६६९ शवहरूको प्रभावकारी व्यवस्थापन


फोटोः नेपाल प्रहरी

विभिन्न जिल्लामा भेटिएका बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा आउन सक्ने संक्रमण तथा महामारीको जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले प्रभावकारी कार्य तीव्र पारेको छ।

बढ्दो गर्मी र शव सड्न सुरु भइसकेको अवस्थालाई मध्यनजर गर्दै संक्रमण फैलिन नदिन प्रहरीले शव व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित बनाएको छ। हालसम्म विभिन्न ८ जिल्लामा गरी जम्मा ६ सय ६९ वटा शव फेला परेका छन्।

विभिन्न जिल्लामा फेला परेका शवको विवरण
रसुवा: १३ जना

नुवाकोट: ४१ जना

धादिङ: ४९ जना

चितवन: २४८ जना

गोरखा: ५४ जना

तनहुँ: ३१ जना

नवलपरासी पूर्व: १५८ जना

नवलपरासी पश्चिम: ७५ जना

शव व्यवस्थापनका लागि अपनाइएका १० मुख्य विधिहरू
१. सुरक्षित संकलन: नदी किनार, खोल्सा तथा अन्य स्थानबाट सुरक्षा निकायको खोजतलास र उद्धार टोलीद्वारा सावधानीपूर्वक शव संकलन।

२. कानूनी प्रक्रिया र शव गृह: घटनास्थलमा लासजाँच मुचुल्का पूरा गरी 'डेड बडी ब्याग' (Dead Body Bag) मा राखी अस्पतालको शव गृहमा सुरक्षित भण्डारण।

३. फरेन्सिक परीक्षण तथा फोटो: फोरेन्सिक डाक्टरको उपस्थितिमा पोष्टमार्टम गर्नुका साथै पहिचानका लागि विभिन्न कोणबाट स्पष्ट फोटो खिचेर सुरक्षित राखिने।

४. सार्वजनिक प्रदर्शन: सर्वसाधारणलाई पहिचान गर्न सहज होस् भनी शवका फोटो र विवरणहरू प्रदर्शनमा राखिने।

५. सनाखत गरी जिम्मा लगाउने: हेल्प डेस्कमार्फत दाबी गर्न आउने आफन्तलाई हुलिया, कपडा र मुचुल्काका आधारमा कानूनी प्रक्रिया पूरा गरी शव बुझाइने।

६. डीएनए (DNA) संकलन: पहिचान नखुलेका शवलाई छुट्टै कोड नम्बर दिएर भविष्यका लागि डीएनएसहित सम्पूर्ण विवरण अभिलेख राखिने।

७. निर्देशिकाको पालना: 'पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३' र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम व्यवस्थापन गरिने।

८. जीपीएस (GPS) ट्र्याकिङसहित गाड्ने: शवलाई सम्मानजनक रूपमा जमिनमुनि व्यवस्थापन गर्दा कोड नम्बर, जीपीएस लोकेशन, फोटो र नक्सा सहितको विवरण सुरक्षित राखिने।

९. वैज्ञानिक प्रमाण संरक्षण: भविष्यमा आफन्तले दाबी गर्न आएमा वैज्ञानिक प्रमाणका आधारमा सहजै पहिचान गर्न सकिने गरी सम्पूर्ण कागजात सुरक्षित राखिने।

१०. पारदर्शिता र अभिलेखीकरण: शव व्यवस्थापनका सम्पूर्ण प्रक्रियालाई कानुनी मापदण्ड अनुसार पूर्ण पारदर्शी र व्यवस्थित बनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट