कैलालीमा तीन वर्षीया बालिकामाथि बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ
कैलालीको भजनी नगरपालिकामा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको गम्भीर आरोपमा प्रहरीले एक १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
भजनी नगरपालिका-७ की तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको घटना बाहिरिएलगत्तै स्थानीय प्रहरीले त्वरित कदम चाल्र्दै आरोपित किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सनाका अनुसार आरोपित किशोरलाई केही दिनअघि नै पक्राउ गरिसकिएको छ र वर्तमानमा उनीमाथि बलात्कारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस