Techie IT
२०८३ असोज ६, मंगलबार

ललितपुरमा मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ


मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४, सितापाखा बस्ने, पर्सा घर भएका १९ वर्षीय नेसार अन्सारी, १९ वर्षीय सहजाज अन्सारी, १९ वर्षीय अर्बाज अन्सारी र एक १८ वर्षीय किशोर रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग मंगलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूको साथबाट विभिन्न ६ थान चोरीका मोटरसाइकलहरू—बा.८८ प २७८९, बा.९७ प ८८९९, बागमती प्रदेश ०३-००५ प ४८३६, बागमती प्रदेश ०२-०४८ प ६७०९, लु.३१ प ६४३१ र ना.१५ प ८०१५ नम्बरका बाइक तथा चोरीमा प्रयोग गरिएका विभिन्न औजारहरू समेत बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप अनुमति लिई हाल प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट