Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

सुदूरपश्चिम रोयल्सले कात्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने


नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी कात्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।

कार्यक्रम धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुनेछ। खेलाडीले सहभागिताका लागि नोभेम्बर ५ (कात्तिक १९ गते) भित्र नाम दर्ता गरिसक्नुपर्ने सुदूरपश्चिम रोयल्सले जनाएको छ। रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा क्रिकेटरहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा व्यक्त गरेको छ।

साविक उपविजेता सुदूरपश्चिम रोयल्सले एनपीएलको दोस्रो संस्करणको तयारी स्वरूप शनिबारदेखि प्रशिक्षण सुरु गरेको छ।

आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) आयोजना हुने तय भएको छ।

सुदूरपश्चिम रोयल्सको टोली

खेलाडीहरू: दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन।

मुख्य प्रशिक्षक: जगत टमटा



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट