Techie IT
२०८२ फागुन २०, बुधबार

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टुर सम्पन्न


सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टुर भव्य र सफलतापूर्वक सम्पन्न गरेको छ।

सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकहरूको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टुर आयोजना गरेको हो। दुई दिनसम्म चलेको टुरको पहिलो दिन खडक चोकबाट सुरु भई छलवानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा–चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो।

दोस्रो दिन शनिबार ट्रफीलाई धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरी चौराहा चोक हुँदै कभर्डहल र अत्तरिया चोकमा प्रदर्शन गरेर टुर सम्पन्न गरिएको थियो।

शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ट्रफीको अनावरण गरेका थिए। ट्रफी टुरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बासडर दीपक बिष्ट, र खेलाडीहरू नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए।

टुरको क्रममा कलाकार चक्र भण्डारी (भाम) र डीएनएक्सले आधिकारिक एनथेम तथा फ्यान एनथेमको प्रस्तुति दिएका थिए। 

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुगलिन, क्रिस लिन, हामिद सिंह र जोस ब्राउन** रहेका छन्।

मुख्य प्रशिक्षक: जगत टमटा



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट