Techie IT
२०८२ मंसिर १, सोमबार

साफ यु–२० च्याम्पियनशिप: भुटानले माल्दिभ्सलाई हरायो

भुटानले आज काठमाडौंमा जारी SAFF U-20 फुटबल च्याम्पियनशिप अन्तर्गत माल्दिभ्सलाई हरायो


भुटानले आज काठमाडौंमा जारी साफ यु–२० फुटबल च्याम्पियनशिप अन्तर्गत माल्दिभ्सलाई हरायो।सातदोबाटोस्थित एएनएफए कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ ले हरायो।

 यस जितसँगै भुटान र भारतले समूह 'बी' मा समान तीन अंक संचित गरेका छन्।माल्दिभ्स भने कुनै अंक बिना रहन्छ। यसअघि भारतले समूहको पहिलो खेलमा भुटानलाई १-० ले हराएको थियो।

भुटानको जितका लागि जिग्नाम दोर्जे र नवान चोपेलले एक-एक गोल गरे। माल्दिभ्सका लागि फीरकले एक गोल गरे। भुटानले खेलको २२ औं र ८९ औं मिनेटमा क्रमशः पहिलो र दोस्रो गोल गर्यो भने माल्दिभ्सले ५९ औं मिनेटमा १-१ को बराबरी गर्यो।आयोजक नेपालले भोलि दिउँसो ३:०० बजे सोही स्थानमा बंगलादेशसँग खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट