Techie IT
२०८३ जेष्ठ १०, आइतबार

काभा महिला भलिबलको सेमिफाइनलमा नेपालको दमदार प्रवेश


नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल मा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो।

जितसँगै तीन खेल खेलेको नेपालको सात अंक भएको छ र टोली अंक तालिकाको शीर्षस्थानमा रहेको छ। नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानलाई हराएको थियो।

उक्त समूहमा भारत पाँच अंकसहित दोस्रो स्थानमा छ। कीर्गिस्तानको तीन अंक रहेको छ भने माल्दिभ्स अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ।

अब सोमबार हुने भारत र कीर्गिस्तानबीचको खेलपछि समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ।

नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–१२ ले जितेको थियो। दोस्रो सेटमा नेपाल झन् आक्रामक देखिँदै २५–९ को सहज जित निकाल्यो। तेस्रो तथा अन्तिम सेटमा पनि नेपालले २५–२० को नतिजा निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो।

यता समूह ‘बी’बाट कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन्। कजाखस्तानले बंगलादेशलाई ३–० सेटमा हरायो भने इरानले श्रीलंकामाथि पनि समान ३–० को जित दर्ता गर्‍यो। श्रीलंका र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट