टस हारेपछि नेपाल ब्याटिङमा, वेस्ट इन्डिजविरुद्ध जित्नैपर्ने दबाब
ICC Men's T20 World Cup अन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। भारतको मुम्बईस्थित Wankhede Stadium मा टस जितेको वेस्ट इन्डिजले पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।
समूह ‘सी’मा रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। प्रतियोगितामा टिकिरहन आजको खेल जित्नैपर्ने दबाब नेपाली टोलीमाथि छ। उता वेस्ट इन्डिजले लगातार दुई जितसहित चार अंक जोडेर समूहमा मजबुत स्थिति बनाइसकेको छ।
यसैबीच, लगातार दुई खेलमा मौका नपाएका तीव्र गतिका बलर सोमपाल कामी आजको खेलमा अन्तिम ११ मा परेका छन्। यससँगै उनी लगातार तीन संस्करणको टी–२० विश्वकप खेल्ने एक्लो नेपाली खेलाडी बनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस