Techie IT
२०८३ असार २९, सोमबार

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्दैँ


नेपालको यु–१९ महिला क्रिकेट टोलीले आज युएईको मैदानमा यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध आफ्नो तेस्रो खेल खेल्दैछ। खेल काठमाडौँ समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

यो प्रतियोगिता बुधबार देखि सुरु भएको हो। जसमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गर्दै अझ प्रभावशाली जित हात पारेको छ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत, र थाइल्याण्ड गरी चार टोली प्रतिस्पर्धामा छन्। सहभागी टोलीहरूमध्ये शीर्ष स्थान हासिल गर्ने टोलीले मलेसियामा हुने आगामी वर्षको आइसीसी यु–१९ महिला टी–२० विश्वकपमा छनोट हुने मौका पाउनेछ।

नेपालले यस खेलमा जित हासिल गरेमा, शीर्ष स्थानमा रहने सम्भावना बलियो बन्नेछ, जसले आगामी विश्वकपमा स्थान सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट