एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसलाई
कर्णाली यशविसले एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई रोमाञ्चक पाँच सेटसम्मको भिडन्तमा ३-२ सेटले पराजित गर्दै उपाधि आफ्नो नाम गरेको हो।
कर्णालीले खेलको शुरुआती दुई सेट जितेर राम्रो अग्रता बनाएको थियो, तर ललितपुर क्विन्सले उत्कृष्ट कमब्याक गर्दै तेस्रो र चौथो सेट जित्न सफल भयो। खेल निर्णायक पाँचौं सेटसम्म पुगेपछि कर्णालीले १५-१३ को नतिजासहित अन्ततः जित हात पार्यो।
यो हारसँगै ललितपुर क्विन्सले उपविजेताको स्थानमा चित्त बुझाउनुपरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस