Techie IT
२०८३ भाद्र १६, मंगलबार

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसलाई


कर्णाली यशविसले एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई रोमाञ्चक पाँच सेटसम्मको भिडन्तमा ३-२ सेटले पराजित गर्दै उपाधि आफ्नो नाम गरेको हो।

कर्णालीले खेलको शुरुआती दुई सेट जितेर राम्रो अग्रता बनाएको थियो, तर ललितपुर क्विन्सले उत्कृष्ट कमब्याक गर्दै तेस्रो र चौथो सेट जित्न सफल भयो। खेल निर्णायक पाँचौं सेटसम्म पुगेपछि कर्णालीले १५-१३ को नतिजासहित अन्ततः जित हात पार्‍यो।

यो हारसँगै ललितपुर क्विन्सले उपविजेताको स्थानमा चित्त बुझाउनुपरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट