Techie IT
२०८२ माघ २९, बिहीबार

केन्द्रीयदेखि सुदूरपश्चिमसम्म फैलिएको जेनजी आन्दोलन दोस्रो दिन पनि जारी


केन्द्रीय राजधानीदेखि सुदूरपश्चिमसम्म फैलिएको जेनजी आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। बिहीबार धनगढीस्थित कैलाली बहुमुखी क्याम्पससहितका विभिन्न शैक्षिक संस्थाका सयौँ विद्यार्थी सडकमा उत्रिएका छन्।

विद्यार्थीहरूले “मान्छे मार्न पाइँदैन”, “भ्रष्टाचार मुर्दावाद” लगायतका नारा लगाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। उनीहरूको आन्दोलनले सामाजिक न्याय, पारदर्शिता र जबाफदेहिताको माग उठाएको बताइएको छ।

हिजो बुधबार पनि धनगढीमा व्यापक संख्यामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। जेनजी पुस्ताले विद्यार्थीमाथि भएको हत्या, सामाजिक बेइमानी र चरम भ्रष्टाचारको विरोधमा देशभर आन्दोलन चर्काएका छन्।

आन्दोलनमा सहभागी एक विद्यार्थी धर्मराज तिमील्सिनाले भने, “अब चुप लागेर बस्दैनौँ। दोषीलाई कारबाही नभएसम्म यो आन्दोलन रोकिँदैन। गोली हानेर मारेको छ, हामी चुप बस्दैनौँ, आवाज उठाउँला।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट