Techie IT
२०८३ भाद्र २१, आइतबार

नेपाली कम्युनिस्ट पार्टीको आज धनगढीमा सन्देश सभा हुदैँ


नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने तयारी गरेको छ। विभिन्न वाम घटकहरू मिलेर पार्टी गठन गरिएको घोषणापछि प्रदेश–प्रदेशमा सन्देश सभा आयोजना गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट सुरुवात गर्न लागिएको हो।

आज धनगढीमा हुने कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत शीर्ष नेताहरू सहभागी हुनेछन्।

पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने जनाएको छ। सोअनुसार लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सन्देश सभा आयोजना गरिने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट