Techie IT
२०८२ माघ ३, शनिबार

कांग्रेस बझाङद्वारा आगामी निर्वाचनका लागि भण्डारी सहित यी उम्मेदवार सिफारिस


काँग्रेस नेता सत्यराज भण्डारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले संभावित उम्मेदवारहरूको नाम छनोट गरेको हो।

प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवार
जिल्ला कार्यसमितिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि सत्यराज भण्डारी, अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सुरेश मल्ल, जगतप्रसाद जोशी, प्रकाश स्नेही, नारायण हमाल, केशवराज जोशी र दिपेन्द्र जोशीको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारालगायत पाँच जनाको नाम सिफारिस गरिएको छ।

राष्ट्रिय सभातर्फ सिफारिस
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अर्जुनजंग बहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको कांग्रेस बझाङले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट