Techie IT
२०८३ असार १८, बिहीबार

सुदूरपश्चिममा भारी वर्षा, सुरक्षा निकाय 'हाइ अलर्ट'मा


सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर भइरहेको वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। तराईदेखि पहाडी जिल्लासम्मै वर्षा जारी रहेकाले सम्बन्धित निकायहरूले स्थानीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरा लगायतका जिल्लामा निरन्तर झरी परिरहेको छ। केही स्थानमा भने भारी वर्षा समेत मापन गरिएको छ। महाशाखाले नदी, खोलामा जलसतह बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

यसैबीच, कञ्चनपुरमा पनि गएरातिदेखि नै मूसलधारे वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन् । हालसम्म वर्षाका कारण जिल्लामा कुनै अप्रिय घटना वा क्षतिको विवरण प्राप्त नभएको उनले बताए।

नदी तथा खोलाको बहाव बढ्ने र कमजोर भूभागमा पहिरो खस्ने जोखिम रहेकाले प्रहरी र स्थानीय प्रशासनले तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका बस्तीका नागरिकलाई सचेत रहन भनेका छन्। साथै, अत्यावश्यक कामबाहेक जोखिमयुक्त स्थानमा हिँडडुल नगर्न समेत सर्वसाधारणलाई अपिल गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट