Techie IT
२०८३ भाद्र २९, सोमबार

मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकाना–तीज पर्वले  महिला सशक्तीकरणको मार्ग प्रशस्त गरोस्


मुख्यमन्त्री खगराज भट्ट, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तिकरणको अभियानलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।

उनले शुभकामना सन्देशमा मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यमान्यताको संरक्षण तथा पुस्तान्तरणमा तीज पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। नारी एकता, सम्मान, समानता र महिला सशक्तीकरणको सन्देश बोकेको यस पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रदस्त गरोस् भन्ने कामना समेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट