Techie IT
२०८३ असोज ६, मंगलबार

दार्चुलाका बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारद्वारा राहत सामग्री हस्तान्तरण


सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका बाढीपीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। दार्चुलाको व्याँस गाउँपालिका–४, मणगाउँमा बाढीबाट प्रभावित स्थानीय बासिन्दाको सहयोगका लागि प्रदेश सरकारले उक्त राहत सामग्री पठाएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत पठाइएको राहत सामग्री आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले हस्तान्तरण गर्नुभएको हो। मन्त्री थारूले दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी लगायत स्थानीय जनप्रतिनिधि तथा व्यासका बासिन्दालाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो।

बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रदेश सरकारले ५० थान कम्बल, ४० थान टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री पठाएको जनाएको छ। बाढीपीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा आवश्यकताअनुसार थप सहयोग गर्न प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट