Techie IT
२०८३ असोज ९, शुक्रबार

विपद् व्यवस्थापनमा प्रदेश सरकार उच्च सतर्कतामा छ - मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम कम गर्न प्रदेश सरकार सबै निकायसँग सहकार्य गरी उच्च सतर्कतामा जुटेको बताएका छन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कैलालीको धनगढीमा आयोजित ‘विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन बजेटसम्बन्धी नीतिगत संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला घटनाबाट पाठ सिकेर सम्भावित जोखिम न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

रसुवाको भोटेकोशीमा गएको बाढी लगायतका घटनाले हामीलाई गम्भीर चेतावनी दिएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, "हिजो भएको क्षतिबाट पाठ सिकेर भोलि आउन सक्ने विपद्का लागि आजै तयारी गर्नुपर्छ।"

विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार एक्लैको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै उनले तीन तहका सरकार र विकास साझेदारहरूबीच बलियो समन्वय आवश्यक रहेको औँल्याए। विपद् व्यवस्थापनलाई केवल राहत र उद्धारमा मात्र सीमित नराखी पूर्वतयारी, जोखिम न्यूनीकरण र दीर्घकालीन अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदै मुख्यमन्त्री भट्टले जलवायु परिवर्तन र विपद् न्यूनीकरणका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट