Techie IT
२०८२ श्रावण २८, बुधबार

म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्तेष्टीको अझै भएन टुंगो


म्यानमारका कार्यवाहक राष्ट्रपति मिन्ट स्वेको निधन भएको छ।

 

करिब चार वर्षअघि आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै विवादास्पद परिस्थितिमा उनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। ७४ वर्षीय स्वे पत्नी र दुई छोराछोरीसहित परिवारमा थिए।

 

उनको मृत्यु गत बिहीबार भए पनि सेनाले यसबारे जानकारी हाल मात्र सार्वजनिक गरेको हो। म्यानमार सेनाको सूचना शाखाले जारी गरेको विज्ञप्तिअनुसार, स्वेको बिहीबार बिहान राजधानी नेपिताउस्थित सैनिक अस्पतालमा निधन भएको हो।

 

करिब एक वर्षअघि बिरामी परेको खबर सार्वजनिक भएपछि उनले राष्ट्रपतिको कार्यभार सम्हाल्न बन्द गरेका थिए। सेनाले जारी गरेको अर्को विज्ञप्तिमा उनको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने उल्लेख भए पनि मिति घोषणा गरिएको छैन र मृत्युको कारण पनि खुलाइएको छैन।

 

गत वर्ष जुलाईमा उनी मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको खबर आएको थियो। जसका कारण उनले खाना खानेजस्ता सामान्य दैनिक क्रियाकलाप गर्न नसक्ने अवस्था भएको जनाइएको थियो। केही दिनपछि उनले उपचारको बिदामा रहँदै सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङलाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट