Techie IT
२०८३ असोज २४, शनिबार

भोटेकोशी बाढी: आज सम्म १,४५७ जनाको मृत्यु, ४,७२० अझै बेपत्ता


भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ४ सय ५७ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म अध्यावधिक गरेको तथ्यांकअनुसार गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो।

बाढीका कारण रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार फेला परेका शवहरूको डिएनए (DNA) नमुना सङ्कलनलगायत कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३ सय ३५ वटा शवको व्यवस्थापन गरिसकिएको छ। यद्यपि १ हजार ४ सय ३८ वटा शवको भने पहिचान हुन बाँकी छ। बाढीपछि अझै ४ हजार ७ सय २० जना नागरिक बेपत्ता रहेका छन्।

यस्तै, बाढीका कारण विस्थापित भएका १ हजार २ सय ३१ जनालाई प्रभावित जिल्लास्थित होल्डिङ सेन्टरहरूमा राखिएको र उनीहरूको उद्धार तथा व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट