Techie IT
२०८२ कार्तिक २१, शुक्रबार

इजरायली सेनाको निशानामा गाजा सहरका अग्ला भवनहरू


इजरायली सेनाले गाजा सहरका अग्ला भवनहरूलाई लगातार दोस्रो दिन निशाना बनाएको छ। बीबीसीका अनुसार, शुक्रबार अल-रिमाल क्षेत्रमा रहेको मुश्तहा टावर ढालेपछि शनिबार सुसी टावर पनि आक्रमणमा पर्‍यो।

इजरायलका रक्षामन्त्री योआव कात्जले टावर ढलेको भिडियो सामाजिक सञ्जाल एक्स मा सार्वजनिक गरेका छन्। इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरलाई प्रयोग गरिरहेको दाबी गरेको छ, तर हमासले यसलाई अस्वीकार गरेको छ।

आक्रमणअघि इजरायलले पर्चा वितरण गर्दै स्थानीयलाई दक्षिणतर्फ मानवीय क्षेत्रतर्फ सर्न अपिल गरेको थियो। तर आक्रमणमा कति जनधन क्षति भयो भन्ने विवरण भने प्रष्ट भएको छैन।

सुसी टावर हालका केही दिनमा ध्वस्त पारिएका भवनमध्ये दोस्रो उच्च टावर भएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट