Techie IT
२०८२ वैशाख १८, बिहीबार

रूसले अमेरिकासँग वार्ताका लागि टोली गठन गर्दै


रूसले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि वार्ता टोली गठन गर्न थालेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार जानकारी दिएका छन् । उनका अनुसार युक्रेन संकट र अन्य द्विपक्षीय विषयमा छलफल गर्न वार्ता टोली तयार पार्ने प्रक्रिया अघि बढाइएको छ। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छिट्टै भेटवार्ता हुन सक्ने संकेत पेस्कोभले दिएका छन् । “यस्तो बैठक चाँडै हुन जरुरी छ। राष्ट्रप्रमुखहरूबीच छलफल गर्नुपर्ने धेरै विषयहरू छन्,” उनले भने । पेस्कोभका अनुसार पछिल्लो टेलिफोन कुराकानीमा मुख्य विषयहरू संक्षिप्त रूपमा उठाइएका थिए, जसको विस्तृत छलफल प्रत्यक्ष भेटमा हुन आवश्यक छ ।

युक्रेन मुद्दामा अहिले सम्म ठोस वार्ता नभएको उनले बताए । “कार्यस्तरमा कुनै ठोस सम्पर्क स्थापित भएको छैन । तर, नेताहरूको राजनीतिक इच्छाअनुसार प्रक्रिया अघि बढ्नेछ,” उनले भने । बुधबार ९० मिनेट लामो टेलिफोन वार्तामा पुटिन र ट्रम्पले युक्रेन संकट, द्वन्द्वको शान्तिपूर्ण समाधान, मध्यपूर्व र द्विपक्षीय आर्थिक सम्बन्धबारे छलफल गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट