Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

प्रतिबन्ध हटे पनि रुसलाई कमजोर पार्ने पश्चिमी प्रयास जारी रहनेछः पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एक व्यापारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मङ्गलबार पश्चिमाले रुसमाथिको प्रतिबन्ध हटाए पनि कमजोर पार्ने प्रयास गर्ने बताएका छन् ।

अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको फोन वार्ता अघि व्यापक रूपमा पश्चिमा विरोधी भाषण दिँदै पुटिनले जी ७ समूह नक्सामा हेर्न धेरै सानो भएको र पश्चिमी प्रभुत्व खस्कँदै गएको बताए । फेब्रुअरी सन् २०२२ मा युक्रेन विरुद्धको पूर्ण स्तरको सैन्य आक्रमणको प्रतिक्रियामा पश्चिमी देशहरूले रूसमाथि व्यापक प्रतिबन्ध लगाएका थिए ।

“तपाईंले आफ्नो र रुसका लागि लाभदायक ठाउँमा लगानी गर्नुपर्छ, जहाँ नाफा बढी र लगानीलाई विश्वसनीय रूपमा सुरक्षित गरिएको छ ।” पुटिनले भने

“युक्रेनमा भएको द्वन्द्वका कारण दर्जनौं पश्चिमी कम्पनीहरू रुसबाट बाहिरिए, जबकि बाँकी रहेका केहीलाई रुसी सरकारले कब्जामा लिएको थियो ।”

यद्यपि रुसी अर्थतन्त्रले प्रतिबन्धहरूको प्रारम्भिक झटका पार गरेको छ । साथै, रुसले धेरै पश्चिमी ब्रान्डहरूको लागि घरेलु विकल्पहरू फेला पारेको छ । ट्रम्प प्रशासनले मस्कोमाथि लगाइएका प्रतिबन्धहरू कम गर्ने कि नगर्ने भनेर भन्न अस्वीकार गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट