Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

म्यान्मारको भूकम्पका कारण हालसम्म ६९४ जनाको मृत्यु


म्यान्मामा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हालसम्म ६९४ जनाले ज्यान गुमाएका छन्। सीएनएनका अनुसार यस विनाशकारी भूकम्पमा १,६७० जना घाइते भएका छन् भने दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। त्यसपछि केही मिनेटमै सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को झट्का आएको थियो।

भूकम्पको शक्तिशाली धक्का थाइल्याण्डमा समेत महसुस गरिएको थियो। म्यान्माका विभिन्न सहरमा भवनहरू ध्वस्त भएका छन्, पुल भत्किएका छन्, सडकहरू चर्किएका छन्। बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन समेत भत्किएको छ।

म्यान्माका नेताहरूले अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेका छन्। सैन्य सरकार प्रमुख मिन आङ ह्लिङले १४४ जनाको मृत्यु भएको र ७३२ जना घाइते भएको पुष्टि गरेका छन्। साथै, उनले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

थाइल्याण्डमा हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ। “केही ठाउँमा भवनहरू भत्किएका छन्,” राजधानी नेपिडावस्थित एक अस्पतालको निरीक्षणपछि ह्लिङले बताएका छन्। उनले भूकम्प पीडितहरूको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै “विदेशी सहायताका लागि सबै ढोका खुला” रहेको घोषणा गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट