Techie IT
२०८२ मंसिर २, मंगलबार

मोदीले भेटेनन् ट्रम्पलाई


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको भ्रमण सम्पन्न भएको छ। यो दौडान मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरे, क्वाड सम्मेलनमा भाग लिए, संयुक्त राष्ट्र संघलाई सम्बोधन गरे, र धेरै देशका नेताहरूसँग छलफल पनि गरे।

फिलाडेल्फिया र न्यूयोर्कमा भारतीय समुदायलाई सम्बोधन गरेपछि, राष्ट्रपति बाइडेनले मोदीलाई आफ्नो डेलावेयरस्थित निवासमा स्वागत गरे। यो भ्रमणका क्रममा अमेरिकाले भारतलाई थुप्रै ऐतिहासिक वस्तुहरू फिर्ता गर्यो। क्वाड सम्मेलनमा मोदीका साथ जापान, अष्ट्रेलिया, र अमेरिकाका नेताहरू पनि थिए। संयुक्त राष्ट्र संघको बैठकमा उनले प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बास र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि भेट गरे।

यसबाहेक, भ्रमण अघि रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीसँग भेटको दाबी गरेका थिए, तर यो भेट सम्भव भएन। ट्रम्पले सामाजिक सञ्जालमा यसबारे पोष्ट गरे पनि मोदीको व्यस्त कार्यक्रमले गर्दा भेट हुनसकेन या मोदीले अमेरिकाको चुनावको मुखैमा भेटेर विवादमा आउन चाहेनन् । पत्रकारहरूसँगको अन्तर्वार्तामा भारतीय सचिव विक्रम मिश्रीले ट्रम्पसँगको भेटको निर्णय नभएको जानकारी दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट