Techie IT
२०८२ फागुन ३, आइतबार

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित


सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उक्त तथ्याङ्क सङ्घीय तथ्याङ्क सेवा (रोसस्टाट) द्वारा सार्वजनिक गरिएको हो ।

यस वृद्धि दरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैङ्कले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ । मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैङ्कले दुई प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए ।

समग्र वर्षको लागि आर्थिक विकास मन्त्रालयले २.५ प्रतिशत वृद्धि हुने विश्वास व्यक्त गरेको छ भने केन्द्रीय बैङ्कले एक देखि दुुई  प्रतिशतको दायराभित्र वृद्धि हुने अनुमान गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट