जापनमा पक्राउ परे ५० महिला बलात्कार गर्ने सिरियल बलात्कारी

जापानको टोकियो प्रहरीले गत बिहीबार पुर्व टयाक्सी चालकलाइ पक्राउ गरेको थियो । एक महिलालाई निद्राको चक्की खुवाएर र भिडियो रेकर्ड गरेर बलात्कार गरेको आरोपमा ती ५४ वर्षीय पूर्व ट्याक्सी चालकलाई पक्राउ गरे पछि जे कुरा बाहिर आयो, त्यसले चकित बनाएको छ । यो गिरफ्तारीले जापानमा महिला सुरक्षा र डिजिटल अपराधको बारेमा गम्भीर चिन्ता बढाएको छ । उनको हर्कत देखेर अहिले जापानमा ठुलो बहससमेत भइरहेको छ।
प्रहरीले उनको साथबाट झण्डै ३ हजार भिडियो र तस्बिर बरामद गरेको छ, जसमा उनले विभिन्न ५० महिलासँग यौन दुराचार गरेको कथित प्रमाण देखिएको छ । यी भिडियोहरू २००८ देखि अहिले सम्मको भनिएको छ ।
प्रहरीका अनुसार पीडित महिला ट्याक्सी यात्रु हुँदा अभियुक्तले निशाना बनाएका थिए । उसले सुरूमा महिलालाई निद्राको चक्कीहालेर केही पिउन दिन्थे । पीडित युवती बेहोस भए पछि घरमा लगेर यौन दुव्र्यवहार गर्ने र भिडियो बनाउने गरेको खुलेको हो । यो अपराध शारीरिक मात्र होइन डिजिटल र मानसिक शोषणको गम्भीर मामलाको भएको अधिकारीहरुले बताएका छन् ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा अभियुक्तको मोबाइल र अन्य डिजिटल उपकरणबाट हजारौं भिडियो र तस्विर फेला परेको थियो । यस फुटेजको मिति २००८ देखि २०२४ सम्म रहेको भेटिएको छ ।
तीमध्ये धेरै महिलाहरू अहिले पहिचान भइरहेका छन् । जापान टाइमको रिपोर्टका अनुसार अभियुक्तको कपालमा लागुऔषधको निशान पनि भेटिएको छ । यसले उनको अपराधको प्रमाणलाई थप बलियो बनाएको छ ।
अभियुक्तलाई यसअघि अक्टोबर २०२४ मा एक महिलालाई लागुऔषध खुवाएर ४०,००० येन चोरेको आरोपमा पक्राउ गरिएको थियो । त्यतिबेला उनी केही समयपछि रिहा भएका थिए । तर, डिसेम्बर २०२४ मा अर्की महिलासँग आपत्तिजनक व्यवहार गरेको आरोपमा उनलाई फेरि पक्राउ गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस