Techie IT
२०८२ असार १, आइतबार

इरानमाथि आक्रमण रोक्न इजरायललाई चिनियाँ आग्रह, संयुक्त राष्ट्रमा कडा आलोचना


चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्यायो ।

इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ, संयुक्त राष्ट्रका लागि चिनका स्थायी प्रतिनिधि फु कङ्गले भने ।  
चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउदै उनले इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको सुरक्षा परिषद्को आपतकालीन बैठकमा बताएका थिए ।  
द्धन्द्धको वृद्धिले कसैको हितमा काम नगर्ने बताउदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरेका छन् । उनले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न, र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे। 

हालको घटनाक्रमको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गर्दै चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रहि आक्रमणको विरोध गरेको उनले बताए ।  

आणविक सन्धिको एक पक्षको रूपमा, इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नु पर्ने उनले उल्लेख गरेका छन् ।  
उनले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नु पर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नु पर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट