Techie IT
२०८२ असार २३, सोमबार

इजरायलमा पर्यटक आगमनमा वृद्धिको संकेत


इजरायलको केन्द्रीय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा देशमा कुल छ लाख १० हजार ९०० पर्यटक पुगेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो ।

सन् २०२४ को पहिलो छ महिनामा चार लाख ९४ हजार ९०० पर्यटक इजरायल आएका थिए, जसको तुलनामा यो वृद्धि उत्साहजनक मानिन्छ । तर हालै इजरायल र इरानबीच भएको छोटो युद्धको प्रभावका कारण पर्यटन पुनरुत्थानको गतिमा ठुलो धक्का पुगेको छ ।

विशेष गरी जुन महिनामा पर्यटक आगमनमा उल्लेखनीय गिरावट देखिएको छ । सन् २०२५ को जून महिनामा केवल ५५ हजार ३०० पर्यटकले इजरायल भ्रमण गरे, जुन सन् २०२४ को जून महिनाको ९६ हजार भन्दा ४२.४ प्रतिशतले कम हो ।

बाह्र दिनसम्म चलेको इजरायल–इरान द्वन्द्वका क्रममा भएको क्षेप्यास्त्र आक्रमण र तेल अभिव नजिकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बेन गुरियनको अस्थायी बन्दका कारण अन्तर्राष्ट्रिय आगमनमा व्यापक असर परेको बताइएको छ ।

यद्यपि समग्र रूपमा सन् २०२५ को पहिलो छ महिनाको आँकडा अघिल्लो वर्षको तुलनामा सुधारिएको देखिए पनि, यो अझै सन् २०२३ को युद्धपूर्वको स्तरसम्म पुग्न सकेको छैन ।

सन् २०२३ को पहिलो छ महिनामा इजरायलले १.९७ मिलियन पर्यटकको स्वागत गरेको थियो, भने सोही वर्षको जून महिनामा मात्र तीन लाख २२ हजार ९०० पर्यटक आएको तथ्याङ्क छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट