Techie IT
२०८३ असोज २४, शनिबार

इन्टरनेटको महसुल वृद्धिको हल्ला निराधार, बदमासी गरे कारबाही हुने


नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। तोकिएको र स्वीकृत दरभन्दा बढी शुल्क असुले वा उपभोक्तालाई मार्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरे कडा कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।

विभिन्न सञ्चारमाध्यममा इन्टरनेटको शुल्क बढेको भन्ने समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले शुल्क वृद्धिको कुनै प्रस्ताव प्राप्त नभएको र बढाउन स्वीकृतिसमेत नदिएको प्रस्ट्याएको छ।

दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने शुल्क उचित र मनासिब हुनुपर्ने प्राधिकरणको भनाइ छ। नियमअनुसार शुल्क निर्धारण गर्दा लागू हुने मिति खुलाएर कम्तीमा तीन महिनाअगावै स्वीकृतिका लागि निवेदन पेस गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ।

स्वीकृत दरभाउ सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, पूर्वस्वीकृतिबिना शुल्क बढाउन नपाइने र उपभोक्तालाई मर्का पार्ने गरी सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ। यस विपरीत गतिविधि गरे दूरसञ्चार ऐन तथा नियमावलीअनुसार सेवा प्रदायकमाथि कडा कारबाही गरिने प्राधिकरणले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट