Techie IT
२०८३ असोज २२, बिहीबार

स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक सम्भव छैन – प्रमुख निर्वाचन आयुक्त कार्की


प्रमुख निर्वाचन आयुक्त, मानबहादुर कार्की

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधिमण्डलसँग निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले आयोग सदैव निर्वाचनको तयारीमा रहने बताएका थिए । निर्वाचनको मिति सरकारले तोक्ने र तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्वप्रति आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ।

स्थानीय तहको निर्वाचन फागुनमा गर्ने तयारी भइरहेको भन्ने चर्चाबारे बोल्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले मितिका बारेमा अहिले नै आयोगले भन्न नमिल्ने स्पष्ट पारे। संवैधानिक प्रावधान अनुरूप आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने भए पनि लामो समयसम्म स्थानीय निकाय खाली राख्नु नहुने पक्षमा आयोग रहेको उनले दोहोर्याए। आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले सोही वरपर र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनले संकेत गरेका छन् ।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ हुने वा नहुने भन्ने प्रश्नमा उनले  भने, “हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरूप नै निर्वाचन हुने हो। सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्नेछौँ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट