नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवहरूको पहिचान गर्न भारतबाट आएको १९ सदस्यीय डीएनए विज्ञ टोलीले काठमाडौँमा काम सुरु गरेको छ। जैविक नमुना सङ्कलन, संरक्षण र विश्लेषणमार्फत अझै बेवारिसे रहेका शवहरूलाई छिटोभन्दा छिटो आफन्तको जिम्मा लगाउन यो विशेष टोली खटिएक�...