आज देशभर नयाँ जनै (यज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइएको छ। वैदिक परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा सम्मान गर्दै बिहानैदेखि मठमन्दिर र नदी किनारमा भक्तजनको भीड लागे पनि यस वर्ष पर्वमा कुनै उल्लास छाएन। दुई दिनअघि रसुवा र भोटेकोशी नदीमा आएको विनाशकारी ब�...