Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


ताप्लेजुङमा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ताप्लेजुङको सिदिङवा गाउँपालिका–३, आङखोपस्थित सडक खण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परेर ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो जिप साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा परेका ६ घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ। उनीहरू सबै सिदिङवा गाउँपालिकाकै रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट