Techie IT
२०८३ असोज ७, बुधबार

उकालो लाग्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोवार ?


नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार १ सय रुपैयाँले सामान्य वृद्धि भएको हो। महासंघका अनुसार यस दिन १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ।

यसैबीच, चाँदीको मूल्यमा भने अलि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बुधबार बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार १२८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट