Techie IT
२०८३ असोज ७, बुधबार

प्रतिनिधिभाको बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु


सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ। बैठकमा प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र वाचन गर्नुका साथै विभिन्न महत्त्वपूर्ण विधेयकहरू अघि बढाउने सम्भावित कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने छन्।

आजको बैठकमा पेस हुने संभावित कार्यसूचीहरू:
फोहोरमैला व्यवस्थापन विधेयक, २०८३: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालद्वारा प्रस्तुत गरिने।

नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने।

भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३: अर्थमन्त्री डा. वाग्लेद्वारा नै विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने।

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीद्वारा राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट