Techie IT
२०८३ वैशाख २१, सोमबार

बलेरो दुर्घटनामा हुँदा एक जनाको मृत्यु


चितवनमा बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, कालिका नगरपालिकाको–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गएराति १०:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालक राममणि न्यौपाने (खैरहनी–४) गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिँदा राति नै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार बलेरो दुर्घटनास्थलबाट करिब १५० मिटर तल खसेको थियो र गाडीमा चालक न्यौपाने मात्र सवार थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट