Techie IT
२०८३ श्रावण १७, आइतबार

पर्वतमा बोलेरो जिप भिरबाट खस्दा चालक गम्भीर घाइते


पर्वत जिल्लामा बोलेरो जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। सोमबार कुश्मा बाट मुडिकुवातर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको जिप सिर्सुवा क्षेत्रमा भिरबाट सडक तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा जिप चालक सञ्जन परियार गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरीका अनुसार जिपमा मल मात्र लोड गरिएको थियो र अन्य कुनै यात्रु नभएकाले थप मानवीय क्षति हुनबाट जोगिएको छ।

दुर्घटनाको कारणबारे भने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट