Techie IT
२०८३ असोज ६, मंगलबार

मुक्त कमैयाको समस्या समाधान गर्न बजेटमै व्यवस्था गरिनेछ: मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाहरूको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्याहरू स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।

आफ्नो आवाससहित गाँस र बासको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाहरूको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका मुक्त कमैयाहरूको जीवनस्तर सुधार र पुनःस्थापनाको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए।

मुक्त कमैयाहरूको आवासलगायत अन्य सम्पूर्ण समस्या समाधानका लागि आगामी बजेटमै ठोस र आवश्यक व्यवस्था गरिने मुख्यमन्त्री भट्टले आश्वासन दिएका छन् ।

भेटघाट कार्यक्रममा कृषि मन्त्री दमनबहादुर भण्डारी, भौतिक पूर्वाधार राज्यमन्त्री जानकीदेवी कुँवर, कृषि मन्त्रालयका कर्मचारीहरू, नापी शाखा कैलालीका प्रमुख, मालपोत कार्यालय कैलालीका प्रमुखलगायत सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट