पूर्व–पश्चिम राजमार्गमा बस पल्टियो: २६ यात्रु घाइते, केहीको अवस्था गम्भीर
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।
घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा र तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस