Techie IT
२०८२ चैत्र २८, शनिबार

कोहलपुरमा टिपरको ठक्कर बाट आमाको घटनास्थलमै मृत्यु, छोरा गम्भीर घाइते


बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरवामा आज भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुरको भित्री सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाड नगरपालिका–५ की ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गुरुवा गाउँबाट हवलदारपुरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो।

गम्भीर घाइते सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। उनको छाती र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार रहेका टिपर चालक, बाँके राप्ति सोनारी–९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट