Techie IT
२०८३ असोज ७, बुधबार

दैलेखमा भयानक जिप दुर्घटना: घटनास्थलमै केहीको मृत्यु, विवरण आउन बाँकी


सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एक यात्रुवाहक जिप दैलेखमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिका-५ स्थित कालगौँडा भन्ने ठाउँमा जिप दुर्घटना भएको हो।

दुर्घटनामा परी केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य केही यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी (प्रहरी निरीक्षक) सन्तोष रोकायाका अनुसार दुर्घटनाको खबर पाउनासाथ स्थानीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। भौगोलिक विकटताका कारण घटनाको विस्तृत विवरण र क्षतिबारे पूर्ण जानकारी आउन बाँकी रहेको रोकायाले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट