Techie IT
२०८३ जेष्ठ २३, शनिबार

नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट