Techie IT
२०८३ जेष्ठ २३, शनिबार

सिटी सफारी र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु


सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा परी एक जना प्रहरी जवानको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–२ घर भई हाल प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत ३२ वर्षीय प्रहरी जवान रन्दीप पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेलको अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट